विद्युतीय सामाग्री उत्पादन गर्ने दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजीनामा दिएका छन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौती सामना गर्न आफूले नसक्ने भएकाले नयाँ युवालाई अवसर दिन राजीनामा दिएको बताएका छन्।
आफूले पदत्याग गर्नेबारे केही समयअघिदेखि नै सोचिरहेको र अहिले कार्यान्वयनको चरणमा पुगेको उनले बताएका अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन्।
उनले कार्यकारी प्रमुखको जिम्मेवारी छोडे पनि कम्पनीको बोर्ड सदस्यमा सन् २०१८ सम्म रहिरहने कम्पनीले जनाएको छ।
दक्षिण कोरियामा सामसङ कम्पनीसँग सम्बन्धित झण्डै ६० वटा कम्पनी भएकाले देशको ठूलो व्यापारिक समूहमा पर्छ।