नेपालमा वर्षेनी करिब तीन लाख ३० हजार मेट्रिक टन मासुजन्य बस्तुको उपभोग हुँदै आएकामा करिव ५५ हजार मेट्रिक टन मासु भारत र चीनबाट आयात गरिन्छ ।
पशुसेवा विभागका अनुसार ५४ प्रतिशत राँगा, २१ प्रतिशत खसी बोका, १७ प्रतिशत कुखुरा, सात प्रतिशत बंगुर, एक प्रतिशत भेडा र शून्य दशमलव सात प्रतिशत हाँसको उपभोग गर्ने गरिएको छ ।
नेपालमा करिब तीन लाख ८५ हजार मेट्रिक टन मासु खपत हुने गर्दछ । विशेष गरी काठमाडाैं, ललितपुर र भक्तपुरमा दशैँ तिहार पर्वलाई मात्र लक्षित गरी एक अर्ब ५० करोडको मासुको कारोबार हुने गरेको पशुपक्षी बजार निर्देशनालयका कार्यक्रम निर्देशक बलबहादुर थापाले जानकारी दिए।
दशैँ र तिहार पर्वलाई लक्षित गरी करिब तीन अर्ब बराबरको मासुजन्य बस्तुको कारोबार हुने गरेको छ । देशभरीको कारोबारमध्ये करिब ६० प्रतिशत कारोबार अन्य बजारमा हुने अनुमान गरिएको पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा शंकर साहले जानकारी दिए।
देशका अन्य शहर बजारमा पनि दशैँ र तिहारमा मात्र करिब रु एक अर्ब ५० करोडभन्दा बढीको मासुजन्य बस्तुको कारोबार हुने गरेको छ । देशभर खपत हुने मासुजन्य बस्तुको करिब तीन भागमध्ये एक भाग काठमाडाैं उपत्यकामा खपत हुने गर्छ । रासस