गोल्डस्टार जुत्ताको आधिकारिक उत्पादक किरन सुज म्यानुफ्याक्चरले राजधानीमा दुई शोरुम संचालनमा ल्याएको छ।
सुन्धारास्थित सिभिल मलको चौथो तला र जमलस्थित फ्रयानचाईज शोरुमबाट गोल्डस्टारका उत्पादनहरु आधिकारिक रुपमा बिक्री वितरण थालिएको कम्पनीले जनाएको छ।
शोरुममा बजारमा उपलब्ध सबै थरिका जुत्ताहरु समाबेस हुनुका साथै प्रसिद्ध हात्ती छाप चप्पल पनि बिक्री वितरणका लागि उपलब्ध गराइने किरन सुजले जनाएको छ।
गोल्डस्टारकी बजार निर्देशक विदुशी राणाले ग्राहकवर्गको बढ्दो माग र ब्राण्डको लोकप्रियतालाई मध्यनजर गर्दै सोरुमहरु सञ्चालनमा ल्याइएको जानकारी दिइन्। आगामी दिनहरुमा कम्पनीले अधिराज्यभर सोरुम विस्तार गर्ने प्रतिबद्धता पनि उनले जनाइन्।
किरन सुज म्यानुफ्याक्चरले गोल्डस्टारका लागि विभिन्न थरिका जुत्ताहरु उत्पादन गर्दै आएको छ।