महिला भलिबल टिमका प्रशिक्षक जगदिस भट्टले नेपाली टिम स्वर्णका लागि तयार भएको बताएका छन्।
शनिबार १३औं सागअन्तर्गत सेमिफाइनलमा श्रीलंकलाई पराजित गर्दै फाइनलमा पुगेपछि भट्टले नेपाली टिम घरेलु मैदानमा स्वर्ण जित्न आतुर भएको बताए।
श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको नेपालले सोमबार हुने फाइनलमा भारतसँग खेल्नेछ।
'हामीले रजत पदक पक्का गरिसक्यौं, फाइनल खेल्न २ दिन बाँकी छ। दुई दिनमा हामी रणनीति बनाएर तयार हुन्छौं,' भट्टले भने।
यो पनि : १३औं साग : नेपाललाई महिला भलिबलमा ऐतिहासिक पदक पक्का
यसअघि समूह चरणमा भारतसँग ३-० को सोझो सेटमा पराजित भएपछि भट्टले भारतसँग खेल्दा सझैं दबाब हुने बताएका थिए।
तर भट्टले फाइनल खेल्दा त्यस्तो दबाब नहुने बताए।
'हाम्रो गलामा सिल्भर मेडल आइसकेको छ। त्यसैले समूह चरण जस्तो दबाब हुँदैछ,' उनले भने।
भारतीय टिम प्राविधिक रुपमा बलियो टिम हो। त्यसैले नेपालका लागि फाइनल जित्न उत्कृष्ट खेल्नु पर्नेछ।
'हाम्रा खेलाडी प्रतिभावान छन्। गल्ति कम गरेमा हामी स्वर्ण जित्न सक्षम छौं,' उनले भने।
नेपाली टिमकी कप्तान अरुणा शाहीले चार महिनाको मिहिनेत सफल भएको बताइन्।