दक्षिण अफ्रिकाका डेभिड मिल्लरले टी–२० क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने नयाँ रेकर्ड बनाएका छन्।
बंगलादेशविरुद्धको खेलमा आइतबार मिल्लरले ३५ बलमा सतक बनाउँदै आफ्नै देशका रिचार्ड लेभीको रेकर्ड तोडेका हुन्।
मिल्लरले शतक बनाउन ७ चौका र ९ छक्का प्रहार गरेका थिए। नटआउट रहने क्रममा मिल्लरले १ सय १ रन जोडे।
यसअघि लेभीले सन् २०१२ मा न्युजिल्यान्डविरुद्धको खेलमा ४५ बलमा शतक बनाउँदै कीर्तिमान बनाएका थिए।
५ वर्षपछि लेभिको रेकर्ड तोडेका मिल्लरको कीर्तिमानी ब्याटिङसँगै दक्षिण अफ्रिकाले २ सय २४ रन जोडेको थियो। दक्षिण अफ्रिकाको लागि हसिम अमलाले पनि ८५ रनको योगदान दिएका थिए।
२ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.३ ओभरमा १ सय ४१ रनमा अलआउट भयो।
दुई खेलको सिरिजमा दोस्रो खेल ८३ रनले हराएको दक्षिण अफ्रिकाले सिरिज २–० ले जितेर क्लिन स्विप गर्न सफल भयो।