भारतले न्युजिल्याण्डसँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विजयी भएको छ।
दिल्लीको फिरोजशाह कोटला मैदानमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई ५३ रनले हराएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २ सय २ रन बनाएको थियो। २०३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरको खेलमा ८ विकेटको गुमाएर १ सय ४९ रन मात्रै बनाउन सक्यो।
उसका लागिकप्तान केन विलियम्सनले २८, टम लाथनले ३९ तथा मिशेल स्टनरले नटआउट २७ रन बनाए पनि त्यो जीतका लागि पर्याप्त रहेन।
भारतका लागि युजवेन्द्र चहल र अक्षर पटेलले दुई-दुई विकेट लिए । यस्तै भुवनेश्वर कुमार, जसप्रीत बुमराह र हार्दिक पाण्डेयले समान एक-एक विकेट लिए।
यसअघि रोहित शर्मा र शिखर धवनले समान ८० रन बनाएपछि भारत ठूलो योगफलतिर अगाडि बढ्यो। कप्तान विराट कोहलीले पनि नटआउट २६ रन बनाए। महेन्द्र सिंह धोनी ७ रनमा नटआउट रहे।