आगामी बिहीबारदेखि मलेसियामा सुरू हुने एसिसी यू–१९ एसिया कपमा सहभागी हुने नेपाली युवा क्रिकेट टिम मंगलबार राति त्यसतर्फ प्रस्थान गर्दै छ।
नेपाली टिम राति साढे ११ बजे मलेसिया प्रस्थान गर्ने नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन्।
यसअघि एक साता बंगलादेशमा रहँदा नेपालले त्यहाँको यु १९ टिमसँग ३ अभ्यास खेल खेलेको थियो। जसमा १ खेल जितेको नेपालले सुरूवाती २ खेलमा पराजय बेहोरेको थियो।
एसिया कपको समूह 'ए' मा रहेको नेपालले भारत, बंगलादेश र मलेसियाको सामना गर्नेछ। यस्तै समूह 'बी' मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र युएईले प्रतिस्पर्धा गर्नेछन्।
नेपालले पहिलो खेल आगामी शनिबार बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल कात्तिक आइतबार भारतसँग खेल्नेछ। यस्तै, नेपालको तेस्रो खेल कात्तिक २८ गते आयोजक मलेसियासँग खेल्नेछ।
यस्तो छ नेपाली टिमदीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, साहब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह।
वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी।
मुख्य प्रशिक्षक – विनोदकुमार दास
सहायक प्रशिक्षक – कलाम अली
ब्याटिङ प्रशिक्षक – मोन्टी देसाई
म्यानेजर – रमन सिवाकोटी