आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेल खेल्ने नेपाली टोलीको प्रारम्भिक छनोट भएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधि अनिमुल इस्लामको तीन सदस्यीय छनोट समितिले २८ खेलाडीलाई प्रारम्भीक छद्दोट गर्दै प्रशीक्षणमा बोलाएको छ। प्रशिक्षण आजबाट सुरु हुने बताइएको छ। २८ मध्ये दुई खेलाडीको भने नाम सार्वजनिक गरिएको छैन ।
भोलिबाट मलेसियामा सुरू हुने एसीसी यू–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने २ खेलाडीलाई पनि समावेश गरिने बताइएको छ। नेपाल र युएईबीच मंसिर २० र २२ गते अबुधावीको शिख जायेद मैदानमा खेल हुनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन २ मा घटुवा भइसकेको छ।
यी हुन् प्रारम्भिक छनोटमा परेका खेलाडी१.पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३. शरद भेषवाकर
४.बसन्त रेग्मी
५.सोमपाल कामी
६.सागर पुन
७.विनोद भण्डारी
८. करण केसी
९.सुशील कँडेल
१०.ललितसिंह भण्डारी
११.सुसन भारी
१२.मोहम्मद आरिफ शेख
१३.दीपेन्द्रसिंह ऐरी
१४. सन्दीप लामिछाने
१५. जितेन्द्र मुखिया
१६. नरेश बुढाऐर
१७. मेहबुब आलम
१८. कुशल भुर्तेल
१९. दिलिप नाथ
२०.सौरभ खनाल
२१.अनिल मण्डल
२२. हसिम अन्सारी
२३. विक्रम शोव
२४.सुनिल धमला
२५. शक्ति गौचन
२६. सिद्धान्त लोहनी
२७. यू–१९का खेलाडी (एसिया कपपछि छनोट गरिने)
२८. यू–१९का खेलाडी (एसिया कपपछि छनोट गरिने)