मलेसियामा जारी एसीसी अन्डर १९ एसिया कप अन्तर्गत समूह 'ए' को दोस्रो खेलमा नेपाल र भारत भिड्दैछन्। टस हारेर नेपालले पहिले ब्याटिङ थालेको छ। यसअघि शनिबार समूहको पहिलो खेलमा नेपाल बंगालदेशसँग पारजित भएको थियो भने भारतले मलेसियालाई हराएको थियो। अंक तालिकाको शीर्ष स्थानमा रहेको भारतले यस खेलमा जित हात पारे दोस्रो चरणको यात्रा लगभग पक्का गर्ने छ ।
डिफेन्डीङ च्याम्पियनसमेत रहेको भारतले अहिलेसम्मका तीन संस्करणमध्ये पछिल्ला दुईमा उपाधि जितेको छ।