मलेसियामा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा अहिले नेपाल र भारतबीचको खेल भइरहेको छ।
मलेसियाको बायुमास ओभलमा भारतले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको नेपालले ३५ ओभर सकिँदा ४ विकेट गुमाएर १०६ रन बनाएको छ।
नेपालका दीपेन्द्रसिंह एेरीले अर्धसतक पूरा गरेका छन्। ७१ बलमा ५० रन बनाएका हुन्। उनले १ छक्का र २ चौका प्रहार गरेका छन्।
यो समाचार तयार पार्दासम्म ३८ ओभर खेलेको नेपालले ४ विकेट गुमाएर १२४ रन बनाइसकेको छ। नेपालका लागि जितेन्द्र सिंहले ३६, आशिफ शेखले ३,अनिलकुमार साहले ६ तथा रोहित कुमार पौडेलले ६ रन बनाएर आउट भए। अहिले क्रिजमा ऐरी र भिम सार्की छन्। सार्की १५ रन बनाएर खेलिरहेका छन्।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले पराजित गरेको थियो। नेपाललाई बंगालदेशले २ विकेटको झिनो अन्तरले पराजित भएको थियो। एसिया कपअन्तगर्त भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो।