मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध दोस्रो विकेट लिएको छ।
कप्तान दिपेन्द्र सिंह ऐरीले नेपालका लागि दोस्रो विकेट लिएका छन्।
२३औं ओभरको अन्तिम बलमा ऐरीले आथरावा टाइडेलाई १३ रनमा आउट बनाए।
यसअघि १३औं ओभरको दोस्रो बलमा कमल सिह ऐरीले भारतका सबैभन्दा महंगा खेलाडी हिमांशु रानालाई बोल्ड गरेका थिए।
नेपालले दिएको १८६ रनको लक्ष्य भारतले पछ्याइरहेको छ।
https://www.facebook.com/setopati/videos/1651916084878958/