मलेसियामा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको छ। कप्तान दीपेन्द्र सिंह ऐरीको सानदार प्रदर्शनसँगै नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रच्न सफल भएको हो। खेल जितेपछि कप्तान विनो दास के भन्छन्-
विनोद दासमैले पहिले पनि भन्दै आएको हो ३ वटा बगंलादेशको म्याच र यहाँको सुरूको ३ वटा म्याज हामी कहाँ छै भन्ने कुराको निर्योल गर्छ। र मलाई लाग्छ हामीले त्यसलाई राम्रोसँग पार गर्यौ।
बगंलादेशलाई हामीले बगंलादेशमै हरायौं हिजोको टेस्ट म्याचमा हामीले बगंलादेशसँग राम्रो खेल्दाखेल्दै हार्यौ। तर, हामीले साबित गर्यौ कि हामी यो लेभलमा खेल्न हामीले डिजर्भ गर्छौ भनेर।
यो यु –१९ ले जुन प्रगतिको चिन्ह देखाएको छ त्यो अघि पनि पछ्याउदै जान्छ होला।
मलाई र राहुललाई एउटै ठाउँमा राखेर ठिक नहोला। उनले यो खेलमा निकै ठूलो सहयोग गरेका छन्। उनले मिल्छ भने भारतको यु–१९ मा खेल्दा हुन्छ पनि भनेका छन्।
भारतकै टिमलाई हराउँनु एउटा ठूलो उपलब्धि हो तर हामी राम्रो भइसक्यौ भन्नु निकै चाडो हुन्छ होला। तर हामी त्यो गन्तब्यमा भने अघि बढ्दैछौ।
मैले खेलमा धेरै अघिको टार्गेट पनि बनाएको छैन। एक गेम खेल्न अनि हेरम भन्नेमा छौ। हामी जित वा हार सबैमा आफूलाई सामान्य अवस्थामा राख्न प्रयत्न छौ।
आज हामीले जित्न सक्यौ भने, हिजोको हारले त्यति मन नदुख्ला। हामीले जुन ब्राण्डको क्रिकेट खेलेका छौ त्यो दर्शकहरुले पनि मन पराएका छन्। केटाहरुको पनि त्यति नै मेहेनत छ, कोचिङमा पनि निकै मेहेनत गरेकाछौ।
यो सफलताले हामीलाई अझ माथिल्लो स्तरको क्रिकेट खेल्न सहयोग पुर्याउँछ।
https://www.youtube.com/watch?v=LZiNhP7LrlA