तीन महिना अघि एक नाइट क्लबको बाहिर झगडा गर्ने इग्ल्याण्डका अलराउण्डर बेन स्टोक्समाथि आरोप पत्र दर्ता भएको छ। ब्रिटेनको क्राउन प्रोसेक्यूसन सर्विसले उनीमाथि सार्वजनिक स्थानमा झगडा र कुटपिट गरेको तथा शान्ति भंग गराएको आरोप लगाएको छ।
तीन महिना पहिले स्टोक्समाथि ब्रिस्टल नाइट क्लबको बाहिर झगडा गरेको आरोप लगाएको थियो। जसमा एक व्यक्ति गम्भीर घाइतेसमेत भएका थिए।
२५ सेप्टेम्बरको रात भएको विवाद पछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। अब उनलाई चाडै अदालतमा पेश गराउने भएको छ।
जेलबाट बाहिर निस्किए लगत्ते उनले आफ्नो प्रेमिकासँग विवाहको मिति तय गरेका थिए। यसै विवादमा फसेका कारण उनले राष्ट्रिय टिमबाटसमेत खेल्न पाएका थिएनन्।
इग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले उनलाई एशेज टीममा शामिल गराएपछि टीमबाट बाहिर निकालेको थियो।
तर स्टोक्स अस्ट्रेलियाविरूद्ध खेल्ने टि-२० सिरीजका लागि टिममा छानिएका छन्। अदालतको निर्णयपछि उनले खेल्ने नखेल्ने फेसला हुनेछ।
स्टोक्ससँगै अरू दुई जनालाई समेत यही अभियोग लागेको छ।
क्राउन प्रोसेक्यूसन सर्विसले डिसेम्बर अन्तिममा घटनाबारे रिपोर्ट तयार पारेको थियो। उक्त रिपोर्ट सोमबार सार्वजनिक गरेको हो।
सबै अनुसन्धानपछि ब्रिस्टलमा भएको झगडामा स्टोक्ससहित तीन जनालाई आरोपी बनाइएको छ। स्टोक्ससँगै रियान अली र रियान हेलको नामसमेत समावेश गरिएको छ।
समाचार अनुसार यदि यी तीनै जना दोषि ठहरिएमा कम्तिमा २ वर्ष जेल बस्नुपर्ने हुन्छ।