विराट कोहलीले शतक प्रहार गरेपछि दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीय खेलमा भारतले सानदार जित हात पारेको छ। बिहीबार डर्विनमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै सिरिजमा विजयी सुरूवात गरेको हो।
दक्षिण अफ्रिकाले दिएको २ सय ७० रनको लक्ष्य भारतले ४५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो।
भारतलाई जिताउन कप्तान विराट कोहलीले १ सय १२ रन जोडे। १ सय १९ बल खेलेका कोहलीले १० चौकाको मद्दतमा १ सय १२ रन बनाएका हुन् । उनको यो एकदिवसीय खेलमा ३३ औं सतक हो। भारतका लागि अजिन्का राहाणेले ७९ रनको योगदान दिए। उनले ५ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन जोड्यो। उसका लागि फाप डु फ्लेसिसले १ सय २० रन जोडे। उनले १ सय १२ बल खेल्दै ११ चौका र २ छक्का प्रहार गरेका थिए ।
बलिङतर्फ भारतका कुलदिप यादवले ३ र युजभेन्द्र चहालले २ विकेट लिए।