आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिवियाविरुद्ध १३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल समस्यामा परेको छ।
नेपालले खाता खोल्न नपाउँदै दिलिप नाथलाई गुमाएको नेपालका लागि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए।
तर नेपालको स्कोर ३२ रन हुँदा कप्तान पारस १९ रनमा आउट भएपछि नेपालले दोस्रो विकेट गुमायो। लन्च ब्रेक लगत्तै ब्याटिङ सुरु गरेको नेपालले ३३ रनमा तेस्रो विकेट गुमायो।
आरिफ शेख खाता खोल्न नपाउदै आउट भएपछि आएका दिपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए। नेपालको स्कोर ५० रन हुँदा आफ्ना महत्वपूर्ण पाँच विकेट गुमाइसकेको थियो।
लगत्तै करण केसी पनि ३ रनमा आउट भएपछि नेपालको ब्याटिङ निकै दबावमा आएको थियो। त्यसपछि रोहित कुमार पौडेलसँग ३६ रनको साझेदारी गर्दै नेपाली पारी सम्हाल्न आएका सरद भेसवाकर २९ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि नेपाल थप दबाबमा परेको छ।