नेपालले विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो खेलमा शुक्रबार ओमानसँग पनि खराब ब्याटिङ गरिरहेको छ।
टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले ३० ओभरभित्रै आफ्ना महत्वपूर्ण ६ विकेट गुमाइसकेको छ।
जसमा ओपनर ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भए भने दिलिपनाथ १९ रनमा आउट भए। आरिफ शेख ६ रन बनाइ आउट हुँदा कप्तान पारस खड्का १७ रन बनाएर बोल्ड भएका छन्। यस्तै दीपेन्द्र सिंह ऐरी २० रन बनाई आउट भएका छन्। यस्तै बिहिबार नामिबियासँग राम्रो प्रदर्शन गरेर नेपाललाई जिताएका बसन्त रेग्मी आज सूरूमै आउट भए। उनले ६ बल खेल्दै १ रन बनाएर पवेलियन फर्किए।
यो सँगै ३२ ओभरमा नेपालले ६ विकेट गुमाएर ९३ रन बनाएर खेलिरहेको छ।