आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको ओमानको चौथो विकेट गुमाएको छ।
२६औं ओभरको पाँचौ बलमा लामिछानेले ओमानी खेलाडी अकि खावार अलीलाई बोल्ड गरेका हुन्। उनले १६ बलमा ११ रन बनाएका थिए। नेपाललाई यो ठूलो सफलता हो।
यसअघि उनले १०औं ओभरको अन्तिम बलमा नेपाललाई दोस्रो सफलता दिलाउने क्रममा व्यक्तिगत पहिलो विकेट लिएका थिए।
नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले पनि १-१ विकेट लिएका छन्। ताजा स्थितिमा ओमानले २७ ओभरमा ४ विकेट गुमाएर ९७ रनमा खेलिरहेको छ।
नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो।