नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालविरूद्ध क्यानडाले पहिलो पावरप्लेमा ४६ रन बनाएको छ।
पहिलो १० ओभरमा बिना कुनै विकेट क्षति उसले ४६ रन बनाएका हो। उसका लागि श्रीमान्त विजयरत्नेले ३९ बल खेलेर २८ र रूभिन्डु गुणसेकेराले २२ बल खेलेर ९ रन बनाए।