नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडाबाट १९४ रनको लक्ष्य पाएको छ।
वन्डरर्स मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर १९४ रन बनाएको हो। उसका लागि ओपनर ब्याट्मेन विजयरत्नेले नटआउट १०३ रनको पारी खेले। १५२ बलको सामना गरेका उनले ८ चौका प्रहार गरे।
यस्तै हमजा तारिकले २४ तथा जाफरले १० रन बनाउनु बाहेक अन्यले खुलेर खेल्न सकेनन्।
नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए। करण केसी र सरद भेषवाकरले पनि समान १-१ विकेट लिए।
१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा दोस्रो सफलता हात पारेको थियो।
नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए। उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए।
गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडियो।
यस्तै सन्दीप लामिछानेले क्यानडाका कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरेका छन्। यस्तै सन्दीपलेनै धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहँदा एलबिडब्लुको धरापमा पारे।
यस्तै २६औं ओभरको चौथो बलमा रेग्मीले व्यक्तिगत दोस्रो विकेट लिएका हुन्। रेग्मीले नवनित धालिवाललाई ४ रनमा विकेट किपर दिलिप नाथको हातबाट क्याच गराए।
यस्तै ३५औं ओभरको तेस्रो बलमा हजाम तारिकलाई करण केसीले आरिफ शेखको हातबाट क्याच गराए।
यस्तै ४१औं ओभरको पहिलो बलमा भेषवाकरले साड बिन जाफरलाई एलबि डब्लुको धरापमा पारे।
४२ औं ओभरको दोस्रो बलमा बसन्त रेग्मीले क्यनडाका दत्तलाई रन आउटको सिकार बनाए।
४४औ ओभरको तेस्रो बलमा रेग्मीले हेलिगरलाई शून्यमा आउट गरेका हुन्।
टस हारेर पहिले ब्याटिङ गरिरहेको क्यानडाका लागि ओपनर विजयरत्ने र निखिल दत्त ब्याटिङ गरिरहेका छन्।
अाजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।