नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाबाट पाएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले दोहोरो विकेट गुमाएको छ।
ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का आउट भएका छन्। दुवै जना सातौं ओभरको पाँचौ र छैटौं बलमा आउट भएका हुन्। ज्ञानेन्द्र ९ तथा पारस शून्य रनमा डकआउट भए। दुवैको विकेट सेसिल पेर्भेजले लिएका हुन्। दुवै विकेट नेपालले २२ रन जोड्दा गएको थियो।
अहिले नेपालका लागि दिलीप नाथ र दीपेन्द्रसिंह ऐरी ब्याटिङ गरिरहेका छन्।