नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडासँग खराब प्रदर्शन गरेको छ।
१९५ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ६ ओभरभित्रै दुई विकेट गुमायो।
ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का आउट भएका छन्। दुवै जना सातौं ओभरको पाँचौ र छैटौं बलमा आउट भएका हुन्। ज्ञानेन्द्र ९ तथा पारस शून्य रनमा डकआउट भए। दुवैको विकेट सेसिल पेर्भेजले लिएका हुन्। दुवै विकेट नेपालले २२ रन जोड्दा गएको थियो।
योसँगै नेपालले पहिलो पावर प्लेमा २ विकेट गुमाएर २८ रन बनाएको छ।
ज्ञानेन्द्र मल्लले ९ तथा दिलिप नाथले १५ रन बनाए।
अहिले नेपालका लागि दिलीप नाथ र दीपेन्द्रसिंह ऐरी ब्याटिङ गरिरहेका छन्।