नामिबियामा जारी आइसिसि विश्व डिभिजन २ को समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडाविरूद्ध १०० रन पुरा गरेको छ।
नेपालका लागि दिलिप नाथले सर्वाधिक ४१ रन बनाएर आउट भए। यस्तै दीपेन्द्र सिह ऐरी १८, तथा ज्ञानेन्द्र मल्ल ९ रन बनाएर आउट भए। रोहितकुमार पौडेल र आरिफ शेखले खेलिरहेका छन्।
यसैबीच नामिबियाको आकाश धुम्मिएको छ। पानी पर्ने सम्भावना बढेर गएको आजै भएको अर्कोतिरको केन्या र ओमानबीचको खेल रोकिइसकेको छर। युएई र नामिबिया पनि कुनै पनि बेला रोकिन सक्ने भन्दै आइसिसिले नेपाल र क्यानडाको खेल पनि डिएल नियमममा जान सक्ने बताउँदै आएको छ।
यदि यही अवस्थामा पानी परेर खेल भएन भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ।