नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानडाको खेल वर्षाले रोकिएको थियो। अहिले जारी भएको छ।
खराब ब्याटिङलाई निरन्तरता दिएको नेपाल क्यानडाले दिएको १९५ रनको लक्ष्य भेट्टाउन ३४ ओभरभित्रै ५ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो।
वर्षा रोकिएपछि पुनः सुरू भएको खेलमा नेपालले फेरि विकेट गुमाएको छ। नेपालको रोहितकुमार पौडेल २७ रन बनाएर आउट भए।
नेपालका लागि ओपनर दिलप नाथले सर्वाधिक ४१ रनको योगदान दिए। नाथले नाथले ६८ बल खेल्दै ५ चौका प्रहार गरेका थिए।
यसअघि ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का आउट भएका छन्। दुवै जना सातौं ओभरको पाँचौ र छैटौं बलमा आउट भएका हुन्। ज्ञानेन्द्र ९ तथा पारस शून्य रनमा डकआउट भए। दुवैको विकेट सेसिल पेर्भेजले लिएका हुन्। दुवै विकेट नेपालले २२ रन जोड्दा गएको थियो। नाथको ठाउँमा आएका सरद भेषवार १ रन बनाएर आउट भए। त्यसपछि दीपेन्द्र सिंह ऐरी १८ रनमा आउट भए।