नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडालाई रोमाञ्चक ढंगले पराजित गर्यो।
योसँगै नेपालको २०१९ विश्वकप खेल्ने सम्भावना पनि जीवितै राखेको छ। १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा १ विकेटको शानदार जित दर्ता गर्यो ।
नेपालको टप अर्डरका ब्याट्मेन चल्न नसकेको खेलमा बलर करन केसी, दिलिप नाथ रोहित पौडेलले नेपालको पारी सम्हाले।
ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भए भने पारस खड्का खातै नखोली पभेलियन फर्के । शरद भेषवाकर पनि १ रनमा आउट भएका थिए। दीपेन्द्र ऐरीले भने १८ रनको योग्दान दिए ।
केन्याविरुद्ध महत्त्वपूर्ण साझेदारी गरेका आरिफ शेख र रोहित पौडेल आज पनि लयमा देखिए। रोहित २७ रनमा र आरिफ २६ रनमा आउट भएका थिए। तर दशौं नम्बरमा आएका करन केसीको चमत्कारी ब्याटिङमा नेपाल विजयी भयो। करनले ४२ रन बनाउँदा अन्तिम विकेटका लागि सन्दिप लामिछानेले उनको राम्रो साथ दिएका थिए ।
यसअघि टस जितेर पहिले बलिङ रोजेको नेपालले क्यानाडालाई ८ विकेटको क्षतिमा १ सय ९४ रनमै सीमित पारेको थियो । क्यानाडाका लागि ओपनर श्रीमन्थ विजेरत्नेले १ सय ३ रनको शानदार पारी खेले। नेपालका लागि बलिङमा वसन्त रेग्मीले ३ विकेट लिएका थिए। त्यस्तै घुँडाको चोटले सताइएइका सन्दिप लामिछानेले २ विकेट लिए। करन केसी र शरद भेषवाकरले पनि एकएक विकेट लिएका थिए ।
हेर्नुहोस् यस्तो खेल्यो नेपालले खेल हाइलाइट्स