आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि युएईसँग भएको खेलमा नेपालले पहिलो विकेट लिएको छ।
नामिबियाको वन्डरर्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले आफ्ना ओपनर रोहन मुस्ताफा ५१ रन बनाएर आउट भएका हुन्।
२४ ओभरसम्म कुनै विकेट लिन नसकेको नेपालका लागि बसन्त रेग्मीले २५औं ओभरको पहिलो बलमा विकेट लिएका हुन्।
नेपाल र युएईबीच प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि लिग चरणमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।
समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित निकालेसँगै नेपाल लिगको शीर्ष स्थानमा रहन सफल भएको हो। आयोजक नामिबियालाई पराजित गरेको युएई लिगमा दोस्रो बनेको हो।