नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि युएईसँग भइरहेको खेलमा सन्दिप लामिछाने पहिलो विकेट लिएका छन्।
नामिबियाको वन्डरर्स मैदानमा टस जितेर ब्याटिङ गरिरहेको युएईको ठूलो विकेट लामिछानेले लिएका हुन्। युएईका ओपनर आशिफ अहमदलाई ४२औं ओभरको तेस्रो बलमा करन केसीको हातबाट क्याच आउट गराए।
अहमदले १२३ बल खेल्दै १० चौका र ३ छक्कासहित ११४ रन बनाएका थिए।
यसअघि बसन्त रेग्मीले १ विकेट लिए भने अर्को विकेट रन आउट भएको थियो।