युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ।
८ औं ओभरको पाँचौ बलमा दिलिप नाथलाई गुमाएको नेपालले नवौ ओभरको पहिलो बलमा अर्का ओपनर ज्ञानेन्द्र मल्ल २४ रन बनाएर आउट भए।
यसअघि रोहन मुस्ताफाको बलमा नाथले आउट हुनुअघि २९ बल खेल्दै २ चौकासहित १३ रन बनाए।
नामिबियामा जारी आइसिसि विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको छ।