आगामी चैत १७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिग (डीपिएल)–२ को खेलाडी बोलकबोल (अक्सन) राजधानीमा सुरू भएको छ।
दुई सय दुई खेलाडी अस्कनमा सहभागी छन्।
प्रतियोगितामा सहभागी ६ टिमहरु महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, सिवाइसी अत्तरिया, टिम चौराहा धनगढी र रूपेन्देही च्यालेन्जर्सले आफूलाई चाहेका खेलाडीलाई भाउँ लगाउनेछन्। खेलाडीमाथि सर्वाधिक रकम खर्चने टिमले खेलाडी भित्र्याउनेछ।
अक्सनमार्फत एक टोलीले १२ जना खेलाडी ११ लाख भित्र किनीसक्नु पर्नेछ। अक्सनका लागि खेलाडीको श्रेणी विभाजन गरेको छ।
जसअनुसार ए श्रेणीमा राष्ट्रिय टोलीबाट कम्तीमा १५ खेल खेलेको या विगत तीन वर्षयता राष्ट्रिय टोलीमा खेल्दै अएकाहरू हुनेछन्। अक्सनमा उनीहरूको भाउ न्यूनतम १ लाखदेखि अधिकतम १ लाख ५० हजारसम्म हुनेछ। बी श्रेणीमा राष्ट्रिय खेलाडी तथा यु–१९ खेलाडी समेटिएने छन्।
अक्सनमा उनीहरूको भाउ न्यूनतम ५० हजारदेखि अधिकतम १ लाखसम्म रहने छ। बाँकी सबै अनक्याप्ड खेलाडीलाई सी श्रेणीमा राखिएको छ। उनीहरूको अक्सनमा न्यूनतम मूल्य २५ हजारदेखि अधिकतम ७५ हजारसम्म तोकिएको छ। यस्तै, ट्यालेन्ट हन्टबाट छनोटमा परेका १२ जना खेलाडीहरुलाई डी श्रेणीमा राखिएको छ। उनीहरुको न्यूनतम मुल्य २० हजारबाट सुरु भई ४० हजारसम्म लाग्नेछ।
अहिलेसम्म कसलाई कसले किन्यो?१) सागर पुन, १ लाख ५० हजार- रूपेन्देही च्यालेन्जर्स
२) जितेन्द्र मुखिया, ९० हजार-रूपेन्देही च्यालेन्जर्स
३) प्रदिप ऐरी, ८० हजार-रूपेन्देही च्यालेन्जर्स
४) प्रकाश जैसी, १५ हजार-रूपेन्देही च्यालेन्जर्स
५) करण केसी, १ लाख ५० हजार -महेन्द्रनगर युनाइटेड
६) आरिफ सेख, १ लाख ५० हजार- महेन्द्रनगर युनाइटेड
७) अविनाश कर्ण, ८० हजार -महेन्द्रनगर युनाइटेड
८) नारायण जोशी, २५ हजार-महेन्द्रनगर युनाइटेड
९) सुवास खकुरेल, ८० हजार-सिवाइसी अत्तरिया
१०) सागर भण्डारी, २५ हजार- सिवाइसी अत्तरिया
११) बसन्त रेग्मी, १ लाख ५० हजार- विराटनगर किंग्स
१२) पृथु बास्कोटा, १ लाख २० हजार- विराटनगर किंग्स
१३) सुबोध ऐर, २५ हजार- विराटनगर किंग्स
१४) राजेश पुलामीमगर ८० हजार-टिम चौराह
१५) विजय राना, १० हजार-टिम चौराह
१६) प्रनित थापामगर, ६५ हजार- महेन्द्रनगर युनाइटेड
१७) नरेश बुढाऐर, १ लाख २० हजार-काठमाडौं गोल्डन्स
१८) विक्रम ठगुन्ना, २५ हजार-काठमाडौं गोल्डन्स
१९) पवन सर्राफ, १ लाख - विराटनगर किंग्स