सन्दिप लामिछाने यतिबेला जिम्बावेमा छन्। त्यहाँ नेपालले वान डे विश्वकप छनौट खेल्दैछ।
त्यसलगत्तै आइपिएल खेल्न सन्दीप भारत जानेछन्। आइपिएलको यो सिजन ७ अप्रिलबाट सुरु हुदैँछ।
आइपिएलका लागि छनौट हुँदा सन्दीप विश्वकप डिभिजन टु खेल्न नामिबियामा थिए। माघ १४ गते उनलाई देल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैँयामा किनेको थियो।
जिम्बावे उड्नुअघि विश्वकप छनौट र आइपिएइल यात्राबारे
सेतोपाटीका
मनोज सत्यालले सन्दीपसँग कुरा गरेका छन् :
विश्वकप क्रिकेट छनौटका लागि भएको खेलमा उच्चस्तरको प्रदर्शन, इण्डियन प्रिमियर लिगमा छनौट, प्रधानमन्त्रीदेखि आमनागरिकले तपाईंलाई शुभकामना दिएका छन्। तपाईंमाथि नेपाली क्रिकेट समर्थनकको धेरै ठूलो आशा छ। यसले दबाबमा त हुनुहुन्न?छैन छैन, यो ठूलो मौका हो। समर्थकको अपेक्षाले हामीलाई प्रोत्साहन दिन्छ। सबैजनाले ब्याकअप गरिदिनु भएको छ। 'आई डन्ट फिल एनी काइन्ड अफ बर्डन ओभर देयर।' हामीलाई थप राम्रो गर्ने चाहना बढ्छ। थप प्रोत्साहन पाउँछौ भन्ने लाग्छ।
आइपिएलमा छनौट हुँदा परिवार र क्रिटेट टोलीका साथीको रेस्पोन्स कस्तो थियो?म अलिकति ‘इमोसनल’ भएँ। खुसीको कुरा हो। खुसीको कुरामा आँसु झर्छ। आमाबुवालाई गर्व छ। यो एउटा सपनाको कुरा हो। मैले अवसर पाउँदा सबै खेलाडी खुसी हुनुहुन्छ। उहाँहरूले बधाई र हमेसा साथ दिइराख्नुभएको छ। म आफूलाई भाग्यमानी ठान्छु।
जसरी तिमीले नेपालका लागि प्रदर्शन गरेको छ, त्यस्तै गर्नुपर्छ भन्नुहुन्छ।
https://youtu.be/fL6EgrlqIds
दिल्ली डेयरडेभियल्सका कोच र मेनेजरसँग सम्पर्कमा हुनुहुन्छ?
सबै विषयमा कुरा हुन्छ। दिल्ली टिमका योजनाहरु बारे कुरा भइराखेको छ।
दिल्लीबाट बलिङ गर्न पाउँछुजस्तो लागेको छ?
मलाई धेरै जनाले यो प्रश्न सोध्नुभयो। मलाई के लाग्छ भने यस्तो कुरा नसोध्नु पर्ने हो। टिमका लागि जसले बलिङ गर्दा राम्रो हुन्छ, त्यही हुनेछ। उहाँहरुलाई जे भन्नुहुन्छ त्यही हुन्छ। मुख्य कुरा जित्नुपर्ने हाम्रो टिमले हो।
नेपालका लागि खेल्दा होस् वा अरु कुनै खेलमा, बेञ्चमा होस् वा अरु खेल मैदानमा। हामीले सोच्ने नै टिमले जितोस् भन्ने नै हो।दिल्ली टिम कस्तो लागेको छ?परफेक्ट छ। ब्याटिङ ठीक छ। बलिङ पनि राम्रो छ। सबै क्षेत्रमा गजब छ।
अहिले एकदम राम्रो टिम छ। आइपिएलमा दिल्लीले राम्रो गरेको छ। मेरो आफ्नै पनि योजना छ। त्यो कुरा लागू गर्न मात्र बाँकी छ। हामी नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय मौका पाउन गाह्रो हुन्छ। त्यो मैले पाएको छु। खेल देखाउन बाँकी छ।
सन्दीपको दिमागमा एबी डे भिलियर्सलाई आउट गराउँछु वा विराट कोहलीविरुद्ध राम्रो बलिङ गर्छु भन्ने फिलिङ आउँछ कि आउँदैन?अहिलेसम्म मैले मिहिनत गरेर खेलेको छु। त्यही मिहिनत दिल्लीबाट खेल्दा पनि लगाउने हो। कुनै विशेष खेलाडीभन्दा पनि जो क्रिज उसका विरूद्ध राम्रो बलिङ गर्नेछु।
अन्तिममा, नेपालले जिम्बावेबाट कस्तो सन्देश ल्याउँछ?हाम्रो लक्ष्य जसरी पनि शीर्ष ६ टोलीमा पर्ने हो। हामी सबैले व्यक्तिगत रुपमा पनि ठूलो मिहिनत गरेका छौं। अब राम्रो हुन्छ भन्ने आशा छ।
राम्रो सन्देश आउँछ होला। सबैजनाले इमान्दार भएर मिहिनत गर्नु भएको छ। हामीले विश्वकप छनौटका लागि डिभिजन टु मा राम्रो खेलेर देखाएका छौं। सबै खेलाडीले योगदान गरेका छन् र अहिले पनि गर्नेछन्।