आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरूद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
जिम्बोवेको बुलावायो मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा एक बजेबाट सुरु हुनेछ। जारी प्रतियोगितामा स्कटल्याण्डले खेलेका दुई खेलमा दुबैमा जित निकाल्दै समूह बी को शीर्ष स्थानमा रहेको छ ।
उसले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको थियो। यता नेपाल पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग एक सय १६ रनले हारेको थियो।
नेपालले सुपरसिक्सको यात्रा जारी राख्न स्कटल्याण्डलाई हराउनै पर्ने बाध्यता छ। स्कटल्याण्डलाई भने नेपाललाई पराजित गरे सुपर सिक्सको यात्रा निश्चित हुनेछ।
स्कटल्यान्ड र नेपालबीच एकदिवसीय खेलमा पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ। पछिल्ला तीन वटै खेलमा नेपालले पराजय भोगेको छ।
सन् २०१४ को विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र स्कटल्यान्डबीच पहिलो चरणमा दुई खेल भएका थिए। स्कटल्यान्डमा भएको दुवै खेलमा नेपाल पराजित भयो।
२०१४ वर्ल्डकप क्वालिफायरस्कटल्याण्ड २४९/७ (५० ओभर नेपाल (१५९/४६.१ ओभर- स्कटल्याण्ड ९० रनले विजयी२०१५ डब्लुसिएलस्कटल्याण्ड २३५/७ (३६ ओभर नेपाल २३२/५ (३६ ओभर)- स्कटल्याण्ड ३ रनले विजयी२०१५ डब्लुसिएलनेपाल १६७ (४९.१ ओभर) स्कटल्याण्ड १११ (१३.१ ओभर)- डिएलमा स्कटल्याण्ड ९ विकेटले विजयी
नेपाली टिम पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।
स्कटल्यान्ड टिम केल कोइट्जर, रिची बेरिङटन, माथ्यु क्रस, एलास्डयर इभान्स, कोलुम म्याकलियोर्ड, जर्ज मुन्सी, साफयान शरिफ, टम सोल, क्रिस वालन्स, मार्क वाट, ब्राड ह्विल, स्टुवार्ड हिटिङघम।