आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरूद्ध नेपालले खराब प्रदर्शन गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेर १ रनमै विकेट गुमाएको नेपालले दोस्रो विकेट पनि गुमाएको छ।
जिम्बोवेको बुलावायो मैदानमा तेस्रो ओभरको दोस्रो बलमा अर्का ओपनर दिलिप नाथलाई गुमाएको हो। नाथले २ बल खेल्दै ४ रन बनाएर आउट भए।
यसअघि दोस्रो ओभरको पहिलो बलमा ओपनर ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका थिए।