कप्तान पारस खड्काले लिस्ट एमा १ हजार पुरा गरेका छन्। आइसीसी विश्वकप छनोट अन्तर्गत समूहको दोस्रो खेलमा स्कटल्याण्डबिरूद्ध खेलिरहेका पारसले १ हजार रन कटाएका हुन्।
नेपाली टिमका कप्तान पारस खड्काले आजको खेलमा ९ रन जोडेसँगै लिष्ट ए मा एक हजार रन पुरा गरेका हुन्। लिष्ट ए मा एक हजार रन पुरा गर्ने पारस पहिलो नेपाली खेलाडी बनेका छन्। तर, आज नेपालले बिर्सनलायक सुरूवात गरेको छ। टिमको स्कोर ३९ रन हुँदा आफ्ना महत्वपूर्ण ५ विकेट गुमाएको नेपालले पारसकै भरमा खेलिरहेको छ।
जिम्बावेको बुलायाओ मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालको निर्णय घातक साबित भएको छ।
आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरूद्ध नेपालले अहिलेसम्मकै खराब प्रदर्शन गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सुरूको ४ ओभरभित्रै आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएको थियो।
पहिलो ओभरमा १ रन बनाएको नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर ज्ञानेन्द्र मल्ललाई १ रनमा गुमाएको थियो।
जिम्बोवेको बुलावायो मैदानमा भइरहेको खेलमा तेस्रो ओभरको दोस्रो बलमा अर्का ओपनर दिलिप नाथलाई ४ रनमा गुमायो।
पाँचौ ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीलाई १ रनमा गुमाएको नेपालले त्यसपछि सरद भेषवाकरलाई पहिलो बलमै गुमाएको हो। कप्तान पारस खड्कालाई राम्रै साथ दिएका आरिफ शेख मात्र २ रनमा आउट भएपछि नेपालको स्कोर ३९ रन हुदा ५ विकेट गुमायो।