जिम्बाबेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा अफगानिस्तानको सामना गर्दै छ।
प्रतियोगितामा दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको अफगानिस्तान अहिलेसम्म अंक बिहिन छन्। छनोट प्रतियोगिता सुरू हुनुअघि प्रमुख दाबेदारको रुपमा हेरिएको नव टेस्ट राष्ट्र अफगानिस्तानले स्कटल्याण्ड, जिम्बाबे र हङकङसँग पराजय व्यहोर्यो भने नेपाल पनि जिम्बाबे र स्कटल्याण्डसँग पराजित भईसकेको छ।
सुपर सिक्समा पुगेर एकदिवसीय मान्यता प्राप्त गर्ने लक्ष्यसहित जिम्बाबे पुगेको नेपालले आफ्नो पुरानो प्रतिद्वन्दीलाई पराजित गर्दै आशा जीवित राख्ने तयारीमा हुनेछ भने अफगानिस्तान चौथो खेलमा पहिलो जित दर्ता गरेर सुपर सिक्स पुग्ने झिनो आशा राख्न चाहन्छ।
आज नेपालले अफगानिस्तानलाई हराएर अन्तिम खेलमा हङकङलाई पनि पराजित गरेमा मात्र सुपरसिक्समा पुग्नेछ।
यता अफगानिस्तानले आज नेपाललाई हराएमा र हङकङ जिम्बावेसँग पराजित भएमा पनि नेपाल र हङकङको खेलको नजिता कुर्नुपर्ने हुन्छ। यदि अन्तिम खेलमा हङकङलाई नेपालले हराएमा रनरेटका आधारमा सुपरसिक्समा पुग्ने तेस्रो टिमको टुङ्गो लाग्नेछ।
नेपाल र अफगानिस्तानले एकदिवसीय क्रिकेटमा हालसम्म कुल ६ पटक खेलेका छन् जसमा अफगानिस्तान नेपालमाथि हावी हुँदै आएको छ।
जिम्बावेको बुलायाओस्थित एथ्लेटिक क्लवमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा एक बजेबाट हुनेछ।
पूर्वनिर्धारीत तालिका अनुसार यो खेल क्विन्स स्पोर्टस क्लव हुने भनिए पनि आइसीसीले दर्शकको सुरक्षाका कारण अन्तिम समयमा मैदान परिवर्तन गरेको हो।
आज नेपालसँग अफगानिस्तानका दुई महत्वपूर्ण खेलाडी हुनेछैनन्। अफगानिस्तानका नियमित कप्तान अस्घर स्टानिक्जाईले एपेन्डिक्सका कारण खेल गुमाए भने जिम्बावे विरुद्धको खेलमा अभद्र व्यवहार देखाएका विकेटकिपर ब्याट्सम्यान मोहमद शेहजाद पनि दुई खेलको प्रतिबन्धमा परेका छन्। कप्तानको जिम्मेवारी रासिदले खानले लिएका छन्।
नेपाल भर्सेस अफगानिस्तान हेड टु हेड
२००६ आइसीसी ट्रफी तेस्रो स्थान प्लेअफ फाइनल
- अफगानिस्तान २७०/८ (५० ओभर) नेपाल ११५/ (३७.४ ओभर)-अफगानिस्तान डिएलमा ६४ रनले विजयी
२००८ आइसी डब्लुसिएल डिभिजन ५ सेमिफाइनल
- अफगानिस्तान १४२ (४९.३) ओभर नेपाल १०५ (४५.५ ओभर)-अफगानिस्तान ३७ रनले विजयी
२००८ एसीसी ट्रफी इलाइट तेस्रो स्थान
- नेपाल २१०/८ (५० ओभर) नेपाल २१३/७ (४८.२ ओभर)-अफगानिस्तान ३ विकेटले विजयी
२०१० एसीसी ट्रफी इलाइट फाइनल
- अफगानिस्तान २२४ (५० ओभर) नेपाल १२९ (४० ओभर)- अफगानिस्तान ९५ रनले विजयी
२०१३ एसीसी इएमर्जिङ कप
- अफगानिस्तान १६९/९ (५० ओभर) नेपाल १५७ (४५.३) अफगानिस्तान-डिएलमा ३ रनले विजयी
२०१४ एसीसी प्रिमियर लिग
- नेपाल १२८/९ (३२ ओभर) अफगानिस्तान २६२ (४९.३ ओभर)-अफगान डिएलमा १०८ रनले विजयी
नेपाली टिम पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।
अफगानिस्तान टिम रसिद खान (कप्तान), जाभेद अहमादी, इहसनुल्लाह जानत, नाजीबुल्लाह जार्डान, रहमात शाह, समिउल्लह शेनवारी, नासिर जमल, मोहम्मद नाबी, गुब्लादिन नइब, मुजिव उर रहमान, सराफुद्दिन असरफ, दाउलत जार्डान, सापूर जार्डान, अफ्सर जाजइ ।
यो पनि हेर्नुहोस्