विश्वकप क्रिकेट छनौटमा आज नेपाल र पपुवा न्युगिनी खेल्दैछन्।
जिम्बावेको हरारेस्थित पुरानो हरारियन स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि खेल सुरू हुनेछ।
विश्वकप छनौटको सम्भावना गुमाइसकेको नेपालले एक दिवसीय मान्यता पाउन आजको खेल जित्नै पर्नेछ। नेपाल समूह बीको चौथो स्थानमा छ भने पपुवा न्युगिनी समूह ए को पुछारमा छ।
यसरी पाउन सक्छ नेपालले एक दिवसीय मान्यता:
- समूह बीको चौथो स्थानमा रहेको नेपालले प्लेअफमा समूह एको अन्तिम टोली पपुवा न्यूगिनीलाई जित्नुपर्नेछ। जुन खेल आज हुँदैछ। समूह ए को चौथो टोली नेदरल्याण्डले समूह बीको पाँचौ टोली हङकङलाई हराउनुपर्नेछ।
- समूह बीको पाँचौ टोली हङकङले समूह ए को चौथो टोली नेदरल्याण्डलाई हराएमा नेपालले सातौ स्थानका लागि हङकङलाई हराउनुपर्ने हुन्छ।
एकदिवसीय मान्यता पाए नेपाललाई के हुन्छ? एकदिवसीय मान्यता पाउनु भनेको नेपाल जस्तो देशको लागि क्रिकेटमा निकै ठूलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसि० ले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याएको हुन्छ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।
यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्न पाउनेछ। साथै टेष्ट राष्ट्रसम्मिलित एसिया कप जस्तो ठूलो प्रतियोगितामासमेत नेपालको सहभागिता सहज हुनसक्छ। यस्तै नेपाल आइसिसीको एक दिवसीय वरियतामा पर्नेछ।