विश्वकप क्रिकेट छनोटको पहिलो प्ले अफमा पपुवा न्यूगिनिबिरूद्ध खेलिरहेको नेपालले पहिलो विकेट लिएको छ। टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन्।
कामीले दोस्रो ओभरको तेस्रो बलमा कप्तान असद भालालाई एलबिडब्लुको सिकार बनाएका हुन्। भालाले ७ बल खेल्दै २ चौकासहित १० रन बनाएका थिए।
सुपर सिक्सबाट बाहिरिए पनि एक दिवसीय मान्यताका लागि आजको खेल दुबै टोलीलाई महत्वपूर्ण हुनेछ।
जिम्बावेको हारारेस्थित ओल्ड हरारियन्स स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो।
वान डे इन्टरनेशनल (ओडिआई) स्ट्याटस हात पार्नको लागि दुवै टिमलाई आजको खेल जित्नैपर्ने दबाब छ।
यसअघि नेपालले समूह चरणमा हङकङविरूद्ध खेलेकै टोलीलाई निरन्तरता दिएको छ।