विश्वकप क्रिकेट छनोटको पहिलो प्ले अफमा पपुवा न्यूगिनिबिरूद्ध खेलिरहेको नेपालले दोस्रो सफलता हात पारेको छ। टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपालका लागि करन केसीले विकेट लिएका हुन्।
करनले ओपनर टिपी उरालाई आउट बनाए। उराले २३ बल खेल्दै १ चौकासहित ११ रन बनाएका थिए।
यसअघि सोमपाल कामीले पहिलो विकेट लिएका थिए।
कामीले दोस्रो ओभरको तेस्रो बलमा कप्तान असद भालालाई एलबिडब्लुको सिकार बनाएका थिए। भालाले ७ बल खेल्दै २ चौकासहित १० रन बनाएका थिए।
सुपर सिक्सबाट बाहिरिए पनि एक दिवसीय मान्यताका लागि आजको खेल दुबै टोलीलाई महत्वपूर्ण हुनेछ।
जिम्बावेको हारारेस्थित ओल्ड हरारियन्स स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो।
वान डे इन्टरनेशनल (ओडिआई) स्ट्याटस हात पार्नको लागि दुवै टिमलाई आजको खेल जित्नैपर्ने दबाब छ।
यसअघि नेपालले समूह चरणमा हङकङविरूद्ध खेलेकै टोलीलाई निरन्तरता दिएको छ।