पहिलो पटक एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपाली क्रिकेट टिमलाई विश्वभरबाट बधाईको ओइरो आएको छ।
एकविदसीय हरेक खेलाडीको त्यो सपना हो जसलाई पाउन उनीहरुले दिनरात मिहिनेत गरे । सीमित स्रोत र साधनको भरपुर सदुपयोग गर्दै मैदान बाहिर रहेका हरेक समस्या अनि प्रश्नहरुको जवाफ उनीहरुले मैदान भित्रबाट दिएका छन् ।
एकदिवशीय मान्यता पाएपछि फाइदा धेरै छन्, सबैभन्दा मुख्य कुरा त नेपालले अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता प्राप्त अन्य मुलुकसँग खेल्न पाउँछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको अनुदान लगायत खेलाडीको म्याच फी र सुविधा ह्वात्तै बढ्छ ।
कठिन परिस्थितिको सामना गर्दै जीत हात पार्नु नेपाली टिमको विषेशता हो। प्ले अफमा पपुवा न्युगिनीलाई हराएपछि नेपाल अब विश्व क्रिकेटको वास्तविक मैदानमा प्रवेश गरेको छ। यहाँबाट नेपालका लागि अवसरै अवसरका धेरै ढोकाहरु खुलेका छन्।
कप्तान पारस खड्काले सम्पूर्ण नेपाली क्रिकेटका समर्थकहरुलाई धन्यवाद दिएका छन्। एकदिवसीय मान्यता पाएपछि पढ्नुस कसले के भने –