विश्व क्रिकेटमा सनसनी मच्चाइरहेको अफगानिस्तानलाई भाग्यले पनि साथ दिएपछि आगामी एक दिवसीय विश्वकप खेल्न योग्य भएको छ। शुक्रबार आयरल्याण्डलाई ५ विकेटले हराउँदै अफगानिस्तान आगामी वर्ष इङ्ल्याण्डमा हुने एक दिवसीय विश्वकप खेल्न छानिएको हो।
पहिले ब्याटिङ गर्दै आयरल्याण्डले दिएको २१० रनको लक्ष्य अफगानिस्तानले ५ विकेट गुमाएर ५ बल बाँकी छँदै पुरा गर्यो।
समूह चरणको एक मात्र खेल जितेको अफगानिस्तानले सुपर सिक्समा वेष्टइन्डिज, युएई र आयरल्याण्डलाई हराउँदै विश्वकपमा छनोट भएको हो। बिहिबार युएईले आयोजक जिम्बाम्बेलाई अराएपछि अफगानिस्तानलाई भाग्यले साथ दिएको हो। यसअघि समूह चरणमा पनि नेपालले अन्तिम खेलमा हङकङलाई हराएसँगै अफगानिस्तान सुपर सिक्समा प्रवेश गरेको थियो।
अब उपाधिका लागि अफगानिस्तानले वेष्टइन्डिजको सामना गर्नेछ।
***
तालिवानी आतंकबाट ग्रसित अफगानिस्तानले पछिल्लो समय क्रिकेटमा सनसनी मच्इरहेको छ।
तालिमानी दमन सहन नसकेर पाकिस्तानमा शरर्णाथी जीवन बिताइरहेका अफगानीलाई त्यहाँको क्रिकेट क्रेजले तान्योर।
शरणार्थी शिविरमै रहेका बेला उनीहरूले क्रिकेट खेल्न सिके, पाकिस्तानमै अफगान क्रिकेट बोर्ड बनाए। ९० को दशक अन्त्यतिर अफगानी शरणार्थी स्वदेश फर्कन थाले। पाकिस्तानमा सिकेको क्रिकेटलाई उनीहरूले अफगानिस्तानमा निरन्तरता दिन खोजे। तर, अफगानिस्तानमा रंगशालासहित सबै खेल क्षेत्र तालेवानको नियन्त्रणमा थियो।
तालिवानको अनुमति बिना त्यहाँ खेल्न असम्भव थियो। सन् २००० मा तालिवानले क्रिकेट खेल्न अनुमति दियो। अर्को वर्ष आइसिसीलेसमेत उनीहरर्लाई सदस्यता प्रदान गर्यो।
तर अफगानिस्तानभित्रको गृह युद्व र बाह्य हस्तक्षेपबीच क्रिकेट खेल्न सहज थिएन। त्यसैले छिमेकी मुलुक पाकिस्तानले सन् २००४ सम्म पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले अफगान क्रिकेट टोलीलाई घरेलु प्रतियोगितामा खेल्न दियो।
त्यसपछि सन् २००४ मा पहिलो पटक एसिसी ट्रफी खेल्दै अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रवेश गर्यो। सहभागी भएको पहिलो पालामै पाँचौ स्थानको प्ले अफमा नेपालसँग पराजित भएर अफगानिस्तान छैटौं बन्यो। सन् २००६ मा आयोजना भएको प्रतियोगिताको अर्को संस्करणमा अफगानिस्तान नेपाललाई हराउँदै तेस्रो बन्यो।
सन् २००७ मा अफगानिस्तानले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता जित्यो। एसिसी टीट्वेन्टी कपमा ओमान र अफगानिस्तान दुबै विजेता भएका थिए।
सन् २००९ मा आयोजना भएको एसिसि ट्वान्टी- ट्वान्टी कपको विजेता बन्यो। सन् २०१० मा नेपाललाई हराउँदै एसिसी ट्रफीको पनि उपाधि जित्यो।
यो सफलताले अफगानिस्तानलाई एकदिवसीय स्वरुपका सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामासमेत उपाधि यात्रा सुरू भयो।
उसले सन् २०१४ मा आयोजना भएको एसिसी प्रिमियर लिगको पनि उपाधि जितेको थियो।
उसले सन् २०१४ मा आयोजना भएको एसिसि प्रिमियर लिग पनि जित्यो।
उसले सन् २०१० र २०१४ मा आयोजना भएको एसियन गेम्सको क्रिकेटतर्फ दोस्रो स्थान हात पारेको थियो।
यसरी सन् २००४ बाट पहिलो सिनियर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अफगानिस्तानले १३ वर्षको अन्तरमा विश्व क्रिकेटमा सनसनीनै मच्चायो। सिनियर क्रिकेटमा समेत पछिल्लो समय लगातार टेस्ट टोलीलाई पराजित गर्दै आएको छ।
गत वर्ष आइसिसीबाट टेस्ट मान्यता पाएपछि अफगानिस्तान क्रिकेटमा अझै माथि बढ्दै गयो।
हालसम्म चार पटक टी ट्वान्टी विश्वकप खेलिसकेको अफगानिस्तानले यो सँगै दुई पटक एकदिवशीय विश्वकप खेल्ने भएको छ।
दुई पटक प्रथम श्रेणीको प्रतियोगिता इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको अफागनिस्तानले एक उपविजेता बन्यो।
आइसिसीले सन् २००७ मा विश्वकपमा सहभागिता गराउन र एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिन ल्याएको वर्ल्ड क्रिकेट लिगमा अफगानिस्तानले रातारात छलाङ मार्यो। लगातार डिभिजन पाँच, डिभिजन चार र डिभिजन तीनको उपाधि जितेर सन् २००९ मा आयोजना भएको विश्वकपको विश्वस्तरको छनोट खेल्न सफल भएको थियो। १२ टोली सहभागी प्रतियोगितामा अफगानिस्तानले पाँचौं स्थान हात पार्यो र एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पनि पाउन सफल भयो।
यसपछि अफगानिस्तानले एसोसिएट क्रिकेटमा माथिल्लो श्रेणीको प्रतियोगिताभन्दा पछाडि फर्कनु परेन।
सन् २००९–१० मा आयोजना भएको प्रथम श्रेणीको प्रतियोगिता इन्टरकन्टिनेन्टल कपमा आयरल्यान्ड, जिम्बावेलाई पछाडि पार्दै अफगानिस्तानले विजेता बन्यो।
सन् २०१०मा आयोजना भएको एक दिवसीय स्वरुपको डिभिजन वानमा अफगानिस्तान तेस्रो भयो। सोही प्रतियोगिताको २०११–१३ संस्करणमा अफगानिस्तान उपविजेता बन्यो। प्रतियोगिताको शीर्ष दुई स्थानमा रहेका कारण अफगानिस्तान र आयरल्यान्ड सन् २०१५ को एकदिवसीय विश्वकपका लागि सोझै छनोट भए।
सन् २०११–१३ मा सम्पन्न इन्टरकन्टिनेन्टल कपमा आयरल्याण्ड विजेता बन्दा अफगानिस्तान उपविजेता बन्यो।
सन् २०१५–२०१७ को इन्टरकन्टिनेन्टल कपमा आयरल्याण्डलाई हराउँदै अफगानिस्तानले जित्यो। यस्तै केही साताअघि जिम्बावेमा भएको घरेलु टोलीसँगको एकदिवशीय शृंखला जितेको अफगानिस्तान आज आयरल्याण्डलाई हराउँदै दोस्रो पटक एक दिवसीय विश्वकपमा स्थान बनाउन सफल भएको छ।
यो पनि हेर्नुहोस्क्रिकेट श्रृंखला(सेतोपाटीले सोमबारदेखि क्रिकेट श्रृंखला सुरू गरेको थियो। यो श्रृंखलामा नेपाली क्रिकेटलाई अझ माथि लैजान राज्यले गर्नु पर्ने पाँच कामको चर्चा गरेका छौं। श्रृंखलाको अन्तिम भागमा आज नेपालको क्रिकेटमा कर्पोरेट क्षेत्र जोड्नेबारे चर्चा गरेका छौं।)क्रिकेटसँग जोडौं कर्पोरेट