खेलकुद मन्त्री जगत विश्वकर्माले मुलपानी स्थित क्रिकेट मैदान निरक्षण गर्ने भएका छन्। निर्माण सम्पन्न हुने चरणमा रहेको अन्तराष्ट्रिय स्तरको मुलपानी मैदानको निरिक्षणका लागि उनी मुलपानी जान लागेका हुन्।
१३ बर्ष लगाएर निर्माण गरएको मुलपानी मैदानको उद्घाटन यसअघि नै खेल खेलाएर भइसकेको छ। तर पिच निर्माण र रंगशालाका अन्य भौतिक संरचना निर्माण भई नसकेका कारण अन्तराष्ट्रिय प्रतिस्पर्धाका लागि योग्य छैन।
वान डे मान्यता प्राप्त गरेर जिम्वाबेबाट फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्वागतका लागि मन्त्री विश्वकर्मा त्रिभुवन विमानस्थल समेत पुगेका थिए। त्यतिबेला विमानस्थलमा मैदानको माग गर्दै नाराबाजी भएको थियो।