काठमाडौ गोल्डेन्सले सिवाईसी अत्तरीयालाई ११ रनले हराउँदै लगातार तेस्रो जित दर्ता गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो। १३८ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको अत्तरिया पुरै ओभर खेल्दै १२६ रनमा समेटियो।
अन्तिम ओभरमा अत्तरियाका लागि १८ रन चाहिएको स्थितिमा ६ रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा स्ट्राइकमा रहेका विपन चन्द्रले १ छक्का मात्र प्रहार गर्न सकेका थिए।
२४ बल खेलेर २६ रनमा नटआउट रहे पनि ननले टिमलाई जिताउन सकेनन्। काठमाडौंको जितमा रासिद खान नायक बने। उनले अन्तिम ओभरका पाँच बल डट फालेका थिए।
अत्तरियाका गौरव चितकारले ३६ रन बनाएर आउट भए। सन्दीप जोराले २१ रन जोड्दा कुशल भुर्तेल ८ र प्रेम तामाङ ४ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी ९ रनमा आउट भए भने कृष्ण कार्की १ रनमै पेभिलियन फर्किए। शुभान्कर उरावले १२ रनको योगदान दिँदा कमलसिंह ऐरी शून्यमा आउट भएका थिए।
बलिङतर्फ काठमाडौंका सुवोध भाटीले ३ विकेट लिए। उनले ४ ओभरमा १० रन खर्चिए। सनि पटेल र रासिद खानले २-२ विकेट लिएका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो।
उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधि ५७ रन बनाएका थिए। नरेश बुढाऐर २७ रन बनाउँदा रासिद खानले १६ रन जोडे।
बलिङ तर्फ अत्तरीयाका शिवसंकर उराले तीन तथा कृष्ण कार्कीले दुई विकेट लिएका थिए।
आजको जितसँगै काठमाडौं लगातार तेस्रो जितसँगै ६ अंकसहित प्लेअफ नजिक पुगेको छ। यता अत्तरियाको भने तेस्रो खेलमा दोस्रो पराजय हो।