रोयल च्यालेन्जर्स बैंलोरसँग दिल्ली ५ विकेटले पराजित भएको छ। शनिबार राति दिल्लीको फिरोज शाह मैदानमा भएको खेलमा दिल्लीले दिएको १८२ रनको लक्ष्य बैंलोरले ६ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो।
उसका लागि विराट कोहली र एबिडिब्लेयर्सले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए। कोहलीले ४० बलमा ७० रन बनाए। उनले ३ छक्का र ७ चौका प्रहार गरेका थिए।
यस्तै एबिडिब्लेयर्सले ३४ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ५९ रन बनाए। मन्दिप सिंहले १३ रन बनाएका थिए।
दिल्लीका लागि ट्रेन्ड बोल्टले २ तथा सन्दिप लामिछाने र अमित मिश्राले १-१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली डेयरडेभिल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो।
उसका ऋशब पन्तले ६१ रनको उत्कृष्ट इनिङ खेल्दै दिल्लीलार्इ सो स्कोरमा पुर्याएका हुन्। ३४ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरेका थिए।
यस्तै सन्दीपसँगै आजै डेब्यू गरेका अभिशेक शर्माले १९ बलमा ४६ रनको पारी खेले। १९ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। कप्तान श्रेयस ऐय्यरले ३२ रन जोडे।
बैंलोरका युजबेन्द्र चाहलले २ तथा मोहम्मद सिराज र मोइन अलीले १-१ विकेट लिए।
यो जितसँगै बैंलोरले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ। अब बाँकी खेल सबै जित्नुपर्ने हुन्छ भने अन्य टिमले पनि आफू अनुकुल नतिजा निस्कनुपर्छ।
यस्तो रह्यो सन्दिपको आइपिएल डेब्यू, १ विकेट २५ रन!आइपिएलको डेब्यू खेलमा सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर १ विकेट लिएका छन्।
शनिबार राति दिल्लीको फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बैंलोरविरूद्ध बलिङ गरेका लामिछानेले सबैभन्दा कम इकोनोमी ओभर बलिङ गरेका हुन्।
सन्दीपले पार्थिव पटेलको विकेट लिँदै ऐतिहासिक सफलता हात पारेका हुन्।
दोस्रो ओभरको चौथो बलमा उनले पार्थिवलाई एलबिडब्लुको धरापमा पारे। यसअघि उनले विराट कोहलीलार्इ सुरूवाती दुर्इ बल गरेका थिए। पहिलो बल विराटले डट खेलेका थिए। दोस्रो बलमा विराटले एक रन लिए। तेस्रो बलमा पार्थिवले चौका प्रहार गरे भने चौथो बलमा सन्दीपले उनलार्इ एलबिडब्लु आउट गरे। पाँचौ र छैठौ बल लगातार डट फालेका थिए।
नेपालबाट पहिलोपटक आइपीएल खेलिरहेका १८ वर्षे सन्दीपले यसअघि पहिलो ओभर बलिङमा ६ रन खर्चिएका थिए।
पहिलो ४ बलमा २ रन मात्रै दिएका सन्दीपको पाँचौं बलमा बैग्लोरले बाइ मार्फत ४ रन बटुलेको थियो। छैठौं बल पनि सन्दिपले डट फालेका थिए।
आफ्नो तेस्रो ओभरमा सन्दीपले ९ रन मात्रै खर्चिए। विराट कोहलीले उनको तेस्रो ओभरको पहिलो बलमा चौका प्रहार गरेका थिए।
दोस्रो बलमा विराटले कुनै रन लिन सकेनन् भने तेस्रो बलमा एक रन लिँदै एबी डिभिलियर्सलार्इ स्ट्राइकमा ल्याए। चौथो बलमा डिभिलियर्स, पाँचौं बलमा कोहली र अन्तिम बलमा डिभिलियर्सले एक-एक रन मात्रै लिन सके।
यस्तै आफ्नो चौथो ओभरमा लामिछानेले एक छक्कासहित १० रन खर्चिए।
पहिलो बलमा डिभिलियर्सले एक रन लिए भने दोस्रो बलमा कोहलीले पनि एक रन मात्र लिन सके। तेस्रो बलमा डिभिलियर्सले फेरि एक रन लिए भने चौथो बलमा पनि कोहलीले एक रन लिएर स्टाइक परिवर्तन गरे। पाँचौ बलमा पहिलो छक्का दिएका लामिछानेले छैठै बलमा डिभिलियर्सले कुनै रन लिन सकेनन्।
टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली डेयरडेभिल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलार्इ १ सय ८२ रनको लक्ष्य दिएको छ। दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन जोडेको हो।
उसका ऋशब पन्तले ६१ रनको उत्कृष्ट इनिङ खेल्दै दिल्लीलार्इ मध्यम स्कोरमा पुर्याएका हुन्।