रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा शनिबार डेब्यू गरेका नेपाली युवा बलर सन्दिप लामिछानेले अन्ततः मौका पाएकोमा खुसी देखिएका छन्।
शनिबार राति बैंलोरविरूद्धको खेलपछि मैदानमा माइकल क्लार्कसँग कुरा गर्दै टिमले जित्न नसकेपछि आफूले मौका पाएकोमा खुसी रहेको बताएका छन्।
दिल्लीका लागि बलिङ गर्न पाउँदा अत्यान्त खुसी भएको भन्दै उनले आफू सक्दो राम्रो गर्ने बताए। ‘मैले संसारभरबाट म्यासेज पाएको छु। मलाई उहाँहरूले मैदानमा हेर्न चाहनुभएको छ अन्ततः आज पुरा भएको छ,’ उनले भने
संसारभरीका आफ्ना फ्यानहरूले मलाई मैदानमा देख्न चाहेका थिए। अन्ततः मेरो कडा मेहनत पछि आज मौका पाएको छु। यसलाई उत्कृष्ट मौकाको रूपमा लिएको उनले बताए।
आफूले विश्वका उत्कृष्ट ब्याट्मेनविरूद्ध बलिङ गर्न पाउँदा अत्यान्तै खुसी लागेको बताउने लामिछानेले यसबाट धेरै सिक्न पाएको बताए। आफू खेलमा रमाउन सकेको पनि उनले दोहोर्याए।
नेपाली खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल)) क्रिकेटमा प्रभावशाली सुरुवात गरेका छन् ।
दिल्ली डेयरडेभिल्सको १२ औं खेलमा गएरिती ‘डेब्यू’ गरेका सन्दिपले रोयल च्यालेन्जर्स बैंग्लोरका पार्थिव पटेलको विकेट लिँदै उत्कृष्ट सुरूवात गरेका छन्।
बैंग्लोर विरुद्ध हिजोको खेलमा दिल्लीले प्रयोग गरेका ५ बलर मध्ये सन्दीप सबैभन्दा किफायती रहे । नियमित खेलाडी ग्लेन म्यासवेलको ठाउँमा खेलेका सन्दिपले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर एक विकेट लिए ।
आफ्नो दोस्रो ओभरमा पार्थिवको विकेट लिएका सन्दीपले कोहली, डे भिलायर्स र मोइन अलीविरुद्ध पनि बलिङ गरेका थिए ।
पहिले व्याटिङ गरेको दिल्लीले दिएको १ सय ८२ रनको विजयी लक्ष्य बैंग्लोरले १ ओभर बाँकी रहँदा ५ विकेटको क्षतिमा पुरा गर्यो।
हेर्नुहोस् भिडियो