टेबलमा बर्थ डे केक। वरिपरी क्यान्डल, थरिथरीका बत्ति बलिरहेको छ। नेपथ्यमा मधुर आवाजमा गीत। मान्छेहरूको आवत जावत बाक्लै छ। सबैमा खुसीको रौनक देखिन्छ।
घडिमा रातको ८:३० बज्नै लागेको छ। एक्कासी ‘ह्याप्पी बर्थ डे’को स्वरले हल गुञ्जायमान हुन्छ। एकै छिनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ हलमा प्रवेश गर्छन्।
पोखराको विजिबि क्याफेमा नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्काको जन्म दिनको केक काट्ने बेला हुँदै थियो। सोही अवसरमा मुख्यमन्त्री गुरूङ अकस्मात् आएर खड्कालाई जन्मदिनको शुभकामना दिए र केके काट्न लगाए।
खड्काको जन्मदिनलाई विशेष बनाउँने चाजोँपाजोँ क्रिकेट क्लब चितवन राइनोजले मिलाएको थियो। कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक जगत टमटा, चितवन राइनोजका अध्यक्ष राहुल महरा, प्रबन्ध निर्देशक दन्डु शेर्पा, नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, बिजिबि क्याफेका सञ्चालक ज्याक तामाङलगायतले शुभकाम दिए।
खड्का आजदेखप पोखरामा सुरू भएको ‘पोखराम प्रिमियर लिग’ मा चितवन राइनोजको नेतृत्व गर्दैछन्।