पहिलो संस्करणको पोखरा प्रिमियर लिग पिपिएल टि-ट्वान्टी क्रिकेटको मंगलबार हुने फाइनलका लागि तयार रहेको दुवै टोलीका कप्तानले बताएका छन्।
पोखराको सराङकोटमा भएको प्रि-म्याच कन्फ्ररेन्समा फाइनलमा पुगेका चितवन राइजोनका कप्तान पारस खड्का र पोखरा पल्टनका कप्तान शरद भेषवाकरले फाइनलका लागि तयार रहेको र उपाधि जित्नकै लागि मैदान उत्रने बताएका हुन्।
पहिलो संस्करणको पिपिएलको फाइनलमा नाटकीय रूपमा प्रवेश गरेको चितवन राइनोजका कप्तान पारस खड्काले पछिल्ला ४ खेलमा टोली लयमा रहेकोले उपाधिबाट जित्ने दाबी गरे। यस्तै, सबै खेलाडीको मिहिनेतमा फाइनलका पुगेको भन्दै पोखराका कप्तान शरद भेषवाकरले पनि फाइनलका लागि आफ्नो टिम तयार रहेको बताए।
पिपिएल क्रिकेटको पहिलो संस्करणको उपाधिका लागि मंगलबार पारस खड्काको चितवन र घरेलु टोली शरद भेषवाकरको पोखरा पल्टन खेल्दैछन्। चितवन र पोखरा दुवै काठमाडौंलाई हराएर फाइनलमा स्थान बनाएका टोली हुन्।
समूह चरणको अन्तिम खेलमा काठमाडौंलाई पराजित गरेको पोखरा समूहको शिर्ष स्थानमा रहँदै सिधै फाइनल प्रवेश गरेको हो भने चितवनले प्लेअफमा काठमाडौंलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
दुवै टोली फाइनलसम्म आइपुग्दा विदेशी खेलाडीको प्रदर्शन भने लोभलाग्दो रह्यो।
नेपाली क्रिकेटरको औषत प्रदर्शन देखियो। फाइनल खेलसम्म आउँदा पोखरा पल्टनका कप्तान(मार्की खेलाडी) शरद भेषवाकर र चितवन राइनोजका कप्तान (मार्की खेलाडी) पारस खड्काको प्रदर्शन दर्शकको अपेक्षा भन्दा धेरै टाढा क्षितिजमा छ।
उपाधिको लागि दुवैले आफनो व्याटिङ क्रेजलाई फर्काउने आशा, विश्वास र भरोसा दर्शकमा छ ।