आइसिसी टी-२० विश्वकप एसिया छनोटका लागि नेपालले तयारी तीव्र गतिमा गरिहरेको छ। गत बिहीबारदेखि कीर्तिपुरस्थिति त्रिवि मैदानमा भइरहेको पहिलो चरणको तयारीमा २५ जना खेलाडी सहभागी छन्।
पहिलो चरणको तयारी आगामी शुक्रबारसम्म चल्ने छ। नेपालका प्रशिक्षक उमेश पटवालले शनिबार टी-२० छनोटका लागि १४ सदस्यीय राष्ट्रिय टिम घोषणा गर्ने छन्। त्यसपछि नेपाली टिम वैदेशिक प्रशिक्षणका लागि मलेसिया प्रस्थान गर्ने कार्यक्रम छ।
आगामी साउन ६ देखि १२ गते सम्म हुने छनोटमा नेपालसहित ५ टिमको सहभागिता हुनेछ। नेपाल, सिंगापुर, कुवेत, मलेसिया र कतारबीच प्रतिस्पर्धा हुने प्रतियोगिता राउन्ड रोबिनको आधारमा चल्नेछ। विजेता टिम ग्लोबल छनोटमा पुग्नेछ।
नेपालको प्रारम्भिक टिम पारस खड्का (कप्तान), अभिनास बोहरा, अमित श्रेष्ठ, बसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, नन्दन यादव, पवान सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहब अलाम, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा, सुसन भारी रहेका छन्।
तस्बिरमा हेर्नुहोस् नेपाली टिमले त्रिवि मैदानमा गरिरहेको तयारी :-