एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको नेपाली युवा टिम स्वदेश फर्किएको छ।
नेपाली टिम बुधबार राति स्वदेश फर्किएको हो।
कप्तान रोहित कुमार पौडेल र अलराउन्डर पवन सर्राफ भने उतै बसेका छन्। दुुवै जना सिनियर टिममा पनि भएकाले मलेसियामै बसेका हुन्।
सिनियर टिम आइसिसी टी-२० विश्वकपको छनौटको अन्तिम तयारीका लागि मंगलबार मलेसिया पुगेको थियोे। यसअघि नेपाली युवा टिमले मंगलबार मलेसियामा भएको उपाधि भिडन्तमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो।
यसअघि नेपालले २ वर्षअघि भएको प्रतियोगिताको पनि उपाधि जितेको थियो। हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पार गरेको थियोे।
उपाधि जितेसँगै नेपाल आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने यू-१९ एसिया कपमा छनोट भएको थियो । एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएईले खेल्ने पक्का भइसकेको छ।