विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब राजधानीमा जारी ललितपुर मेयर कप टी ट्वान्टीको फाइनलमा प्रवेश गरेको छ।
लिगको अन्तिम खेलमा शनिबार लुम्बिनी प्रदेशलाई ४० रनले हराउँदै अपराजित रहँदै फाइनल प्रवेश गरेको हो।
एपिएफले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँलै १०२ रन मात्र बनाउन सक्यो।
उसका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३५ रन बनाइन्। यस्तै नितु भण्डारीले १७ रन बनाउँदा सरस्वती घर्तिमगर २१ र नेरी थापाले २७ रन बनाउँदै अभिजित रहे।
एपिएफका लागि एपीएफका लागि बिनु बुढा मगर र रेखा रावलले समान १-१ विकेट हात पारे।
यसअघि कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४२ रन बनाएको थियो।
एपीएफका लागि ओपनर इन्दु बर्माले ३ रन बनाउँदा राजमती ऐरीले २३ रन जोडिन् भने ममता चौधरीले सर्वाधिक ४७ तथा कप्तान सिता राना मगरले अविजित २८ रनको योगदान गरेकी थिइन्।
लुम्बिनीका लागि कृतिका मरासिनी र स्वस्तिका बजगाईंले समान २-२ विकेट लिए।
प्रतियोगिताकै कमजोर टोली लुम्बिनीले लिग अन्तर्गत अन्तिम खेलमा पनि फराकिलो हार व्यवहोर्दै प्रतियोगिता टुंग्याएको छ।
एक खेल अगाडि नै फाइनलमा पुगिसकेको एपीएफले उपाधिका लागि शनिबार सुदूरपश्चिमको टोलीसँग खेल्नेछ।
हेर्नुस तस्बिरहरु: