राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेल वर्षाले अवरूद्ध भएको छ। टस जितेर पहिले ब्याटिङ गरिरहेको पोखराले १०.१ ओभरमा ७ विकेट गुमाएर ६५ रन बनाउँदा वर्षाले खेल रोकियो।
वर्षा भएसँगै मैदानबाट खेलाडी र रेफ्री बाहिरिए भने सुरक्षाकर्मी र दर्शकहरू ओत लाग्न थालेका थिए।
कोही होर्डिङ बोर्ड ओढेर बसेका थिए भने कोही रूखको फेदमा ओत लाग्न पुगेका थिए। निकै बेरसम्म पनि पानी नरोकिएपछि आयोजकले दुबैलाई १-१ अंक बाँढेर खेल सकिएको घोषणा गरेको थियो।
हेर्नुहोस् तस्बिरहरू