एसेस शृखंलामा घरेलु टिम अस्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ।
एडिलेडमा सोमबार सकिएको दोस्रो टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई २७५ रनले पराजित गरेको हो।
अस्ट्रेलियाले दिएको ४६८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड पाँचौ दिनको खेल जारी रहँदा १९२ रनमै अलआउट भयो।
दोस्रो इनिङ्ग्समा इंग्ल्यान्डका लागि क्रिस ओएक्सले सबैभन्दा बढी ४४ रन जोडे। बलिङमा अस्ट्रेलियाका जे रिचार्डसनले ५ विकेट लिए।
त्यसअघि दोस्रो इनिङ्ग्समा अस्ट्रेलियाले २३० रनमा इनिङ्ग्स समाप्तीको घोषणा गरेपछि इंग्ल्यान्डले ४६८ रनको लक्ष्य पाएको थियो।
पहिलो इनिङ्ग्समा अस्ट्रेलिया ४७३ रन जोड्दा इंग्ल्यान्ड २३६ रनमा अलआउट भएको थियो।