अष्टेलियाका युवा खेलाडी मार्नस लाबुशेन टेष्ट वरियताको शीर्ष स्थानमा उक्लिएका छन्।
इंग्ल्याण्डविरूद्धको एसेज सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका उनी अन्तर्राष्टिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टेष्ट वरियताको शीर्षमा उक्लिएका हुन् ।
पहिलोपटक टेष्ट वरियताको शीर्षमा पुगेका उनले सन् २०१८ मा टेष्टमा डेब्यू गरेका हुन्।
२० टेष्टमा ३५ पारी खेल्दै ६ शतक र १२ अर्धशतकसहित २ हजार १ सय १३ रन बनाएका लाबुशेनले १२ विकेट पनि लिएका छन् ।
यसअघि शीर्षमा स्थानमा रहेका इंग्ल्याण्डका कप्तान जो रूट दोस्रो नम्बरमा झरेका छन्। त्यस्तै, वरियताको तेस्रोमा स्टिभ स्मिथ, चौथोमा केन विलियम्सन र पाँचौं स्थानमा रोहित शर्मा छन्। नयाँ वरियतामा डेविड वार्नर विराट कोहलीलाई उछिन्दै छैठौं स्थानमा उक्लिएका छन्। यसअघि उनी सातौं स्थानमा र कोहली छैठौं स्थानमा थिए। यस्तै आठौं स्थानमा दिमुथु करुणारत्ने, नवौमा बाबर आजम र दसौंमा टभिस हेड छन्।
टेष्ट वरियताको बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स र अलराउन्डरतर्फ जेसन होल्डर शीर्ष स्थानमा छन्।